राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : नेता केसी



लेखनाथ (कास्की) । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केसीले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।

‘संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएका छौँ । अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ’, प्रतिनिधिसभा सांसद केसीले भने ।

उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । पूवमन्त्री केसीले भने,’नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामोसमय टिकेनन् । वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन् ।’

केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने बताए । सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको स्पष्टोक्ति थियो ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमि विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ ।

माओवादीको प्रश्नः भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई किन सहभागी गराइएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो प्रतिनिधित्व नगराइएकोमा आपत्ति

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हो’

काठमाडौँ। काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने बताएका छन् ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार रहन्छः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत