एकीकृत समाजवादीको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई



 

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यको अन्तिम टुङ्गो केन्द्रीय कमिटीले लगाउने छ । बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको

काँग्रेस-एमाले बीचको समीकरण विघटन हुँदैनः गृहमन्त्री लेखक

राजविराज । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र

कांग्रेस-एमालेलाई हरि ढकालको सुझावः एउटा विचौलिया ह्याण्डल गर्ने र अर्को नोटमा सिग्नेचर गर्ने गभर्नर नियुक्त गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा

म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन, गभर्नरमा सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका