उपेन्द यादवले पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजनः अशोक राई



काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई पक्षले उपेन्द यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राईले महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न गरेकाले पार्टी विभाजन गरेको बताएका हुन् । उनले यादव अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएको बताए ।

उनले जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको पनि बताए । उनले महाधिवेशन अनियमित ढङ्गले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणित गर्न नपाएको, लाखौं मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताए ।

महाधिवेशनका प्रतिनिधिहरु छान्ने अनुपात पनि कुनै सन्तुलित ढङ्गले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ ।
आजसम्म जनता समाजवादी पार्टी नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोही अनुसारको उन्नति भने गर्न नसकेको उनको भनाइ छ । घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफूहरु अगाडि आएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसलगायत विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः यसको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध

संसदमा कांग्रेसको नाराबाजी, बैठक अवरुद्ध

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको