जनताको सुविधाका लागि सडक सञ्जालको विकास अपरिहार्यः अध्यक्ष ओली



चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोडदिनुपर्ने बताए ।

“आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ?”, ओलीले प्रश्न गर्दै भने,“सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।” तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुवात गरिएको पनि बताए ।

अध्यक्ष ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए । “०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिएँ । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ”, उनले भने । कपिलबस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने जोड दिए । देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै