महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड



 

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् ।

उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन् । सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन् ।

विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताइन् । यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताउनुभयो । उहाँले, प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन् ।

उनले महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेकाले अब त्यो अवस्थालाई चिर्दै आफ्ना हकअधिकार प्राप्तिमा निरन्तर लागिपर्ने बताइन् ।  तीन तहका सरकारमा महिलालाई नीति निर्माणमा समानरूपमा  सहभागी बनाउनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा ल्याउन सफल भएको एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट दुई सांसदको दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा