माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । आजै दिउँसोदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ः ३० बजे बस्दैछ । हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए ।