आईजीपी नियुक्त भएको केही घण्टामै केसीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार साँझ गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सरकारले दानबहादुर कार्कीलाई हटाएर आजै केसीलाई आजै महानिरीक्षक नियुक्त गरेको थियो ।