काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । आगामी सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।

प्रतिक्रिया