विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए ।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पङ्तिकाे उपल्लो तहमै केही समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओली, बाबुराम भट्टराई, गगन थापालगायतले राजनीतिक बेइमानी गरेको बालेनको आरोप

काठमाडौँ । फुटपाथ व्यवसाय व्यवस्थित बनाउन माग गर्दै एकसता भन्दाबढी समयदेखि धर्ना दिइरहेका

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।

चार मुलुकका लागि नेपाली राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद

गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले चीनसँग सम्झौता र समझदारी गर्नुभएको होः कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको