कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा



चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले बुधबार चितवनमा आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रममा प्रवक्ता शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको रायअनुसार गर्ने बताएका हुन् ।

उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।”

केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उनले बताए । कार्यक्रममा उनले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुवात गर्नुपर्ने बताए ।

उनले भने, “एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ ।” चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उनको भनाइ थियो ।

देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उनले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउनु आवश्यक रहेको बताए । कांग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रवक्ता शर्माले भने, “कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ ।” पन्ध्र वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उनले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गरे । कांग्रेसलाई बलियो बनाउनका लागि गाउँतहबाटै बलियो बन्नुपर्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार