कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यकः नेता सिंह



पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् । मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४ औं महाधिवेशनपछि तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताएका हुन् ।

मौका पाउँदा पनि गर्न नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाई थियो । जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्दै नेता सिंहले मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको बताए । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउन क्षमाता चाहिन्छ ।’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

यस्तै नेतृत्वको कारण कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनले बताए । कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ ।

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उनले भने, ‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा