एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा



काठमाडौं । नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ ।

एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ । गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । एमालेले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

कोशीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौंः प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले वैकल्पि गठबन्धनकाबारेमा एमालेसँग कुनै ठोस