नेकपा मालेको महासचिवमा पुनः सीपी मैनाली चयन



काठमाडौं । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।

कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्याएको छ । पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए ।

महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनैतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गरेका थिए । स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरिएको थियो । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ ।

विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ । मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए । उनले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अन्य विज्ञ सदस्य रहने विधानमा उल्लेख गरेका छौँ । सांसद् मन्त्री बन्न नहुने विधानमा उल्लेख गरिएको छ ।”

संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ । विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सात सदस्यीय वरिष्ठ कम्युनिष्ट सदस्य कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताए ।

अहिलेको बाटो सबै कम्युनिष्टको माक्सवादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिँड्नेले देशका लागि काम नसक्ने बताए । नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको संसदीय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन मालेको योजना रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिलाई देशमुखी, भ्रष्टाचार मुक्त, देशका समस्या समाधान गर्नुपर्ने मालेको मुद्दा रहनेछ ।” यस्ता कामले र मुद्दाले पार्टीलाई बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै

राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाले निषेधित

संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान