न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग



काठमाडौँ । विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनको माग गरेको छ । शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी न्यायपालिकाको समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ’न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउने छैन, तर त्यो सुधारको प्रस्थानविन्दु भने बन्न सक्छ। अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।’

सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने ठहर गर्दै विवेकशील साझाले राणाले कुनै निकास नदिए संसद्मा रहेका दलहरूले उनीविरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन सरकारले संसद्को चालू अधिवेशन नै केही दिनअघि हठात् अन्त्य गरेर राणालाई महाभियोग प्रस्तावबाट जोगाउन खोजेको आम आशङ्कामा बल पुरÞ्याएको छ। न्यायालयमा विकृति भित्राउनेदेखि मलजलसम्मका मुख्य जिम्मेवार राजनीतिक दलहरू अझै पनि समस्याको निकासका लागि गम्भीर नहुनु विडम्बनापूर्ण र खेदजनक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेना र प्रहरी पनि हाम्रै पक्षमा छन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई पराजित गर्नका

पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्णः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेताहरुलाई मिलाउनु आफ्ना

प्रहरी समायोजनको माग गर्दै केन्द्र सरकारविरूद्ध मधेश सरकारद्वारा धर्नासहितको आन्दोलन घोषणा

जनकपुरधाम । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ ।

भदौ १० देखि २४ गतेसम्म निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १०