एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ ।

देशैभर सङ्गठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल, वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिने प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नेछन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दा गत पुस र जेठमा प्रतिनिधिसभा विघटन गरेपछि वैचारिक रुपमा असहमति राखेर सो पार्टीबाट विद्रोह गरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी