संविधान र लोकतन्त्रको रक्षार्थ पाँच दलीय गठबन्धनः ऊर्जामन्त्री भुसाल



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको हो ।”

ललितपुरको ठेचोमा बिहीबार आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारिन् ।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उनले भनिन्, “हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्नुपर्छ, सोहीअनुसार काम भइरहेको छ ।”

विसं २०७२ को भूकम्पले क्षति पुर्याएका मठमन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएका बताउँदै मन्त्री भुसालले भनिन्, “बाँकी रहेका सम्पदा निर्माणमा चाँडै सम्पन्न हुनेछन् ।” उनले कोभिडका कारण स्रोत र साधन अन्यत्र लैजानुपरेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको जानकारी गरिन् ।

ललितपर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताको आकाङ्क्षाअनुसार नै सम्पदाको पुनःनिर्माणका भइरहेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ५० लाखको अक्षयकोष स्थापना भएसँगै यहाँको देवी जात्रा एवं पूजापाठका लागि कुनै पनि समस्या नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय