राहत र उद्धारमा खटिन कार्यकर्तालाई कांग्रेसको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ७७ जनाको मृत्यु, २७ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ । कांग्रेसले बुधबार विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारलाई आवश्यक समन्वय र व्यवस्थित योजना साथ ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पार्टीकोतर्फबाट सरकारसँग माग गरेका छन्।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले नेता कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न अपील गरेको छ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाउनुभएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै पार्टीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन