अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : महासचिव पोखरेल



गण्डकी । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले कास्कीद्वारा बुधबार पोखरामा आयोजित दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महासचिव पोखरेलले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए । उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने बताए ।

जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको भन्दै उनले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने बताए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापीरुपमा सङ्गठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले एमालेलाई थप सङ्गठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्ने बताए । पार्टी पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सङ्गठित भएर अघि बढ्न सङ्कल्प लिनुपर्नेमा जोड दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका जनपक्षीय कामलाई निरन्तरता दिनका लागि आगामी सङ्घ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउनेतर्पm कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्ने गृहमन्त्रीको दुष्प्रयासः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको

सिरोहिया पक्राउ स्वीकार्य छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश

सिरोहियालाई पक्राउ गरेर प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गर्नुभयोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ