मोहम्मद दिवसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने प्रधानमन्त्रीको विश्वास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । प्रधानमन्त्री देउवाले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

“महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक यो दिवस मनाउनु हुन म सबैमा अनुरोध गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद दिवस) यो वर्ष आज पर्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री भन्दा पत्नी निकिता धनी, ८० तोला सुन, २० केजी चाँदी, अरु सम्पत्ति कति ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ

प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद, १४ कठ्ठा जग्गा र पाँच तोला सुन

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रिपरिषदका

संसदको गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली

उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसदमा देखाइदिन उपप्रधानमन्त्री