कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने



काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका