लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जेठ ४ गते उम्मेदवारी दर्ता



काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमानुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा