प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्नु हो: बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुले अब दली र गुटीय सोचभन्दामाथि उठ्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले नयाँ सरकार गठनमा जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन; मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकीर्ण दलीय÷गुटीय सोचभन्दामाथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’

त्यस्तै भट्टराईले वैकल्पिक सरकार बन्न नदिने, संसद विघटन गर्ने तथा प्रायोजित चुनावका निम्ति अनेक चलखेल हुनसक्ने भएकाले सजग हुनुपर्ने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘सतर्क रहौं चलखेल नहोसःवैकल्पिक सरकार बन्न नदिने+संसद विघटन गर्ने+प्रायोजित चुनाव गर्ने!त्यसनिम्ति राष्ट्रपतिसंस्था दुरूपयोग गर्ने+राजपा फुटाउने!ख्याल रहोस्–मधेसी जनता/नेता भेडाबाख्रा हैनन् जसलाई हरियो घाँस देखाएर वली चढाउन सकियोस्,वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा