हुम्ला सिमाना अध्ययन विवरण तत्काल सार्वजनिक गर्न कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत हुम्लाको नाम्खामा सीमा अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली सदरमुकाम सिमीकोट फर्किएको २४ घण्टा पुगिसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकामा असन्तुष्टि व्यक्त गरेका हुन् ।

काँग्रेसले नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै