सुन तोलाको दुई लाख ८२ हजार ३०० रुपैयाँ


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।