सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । गत शुक्रवार पूर्वमाओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

बैठकले प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने भन्ने उल्लेख गरिएकाले यसैको विषयमा रहेर छलफल चलाइने बताइएको छ ।

सचिवालय बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको