सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ । आजका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक यस पटक भने पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको थियो । संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको बताइएको छ ।