विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति छिट्टैः मन्त्री पुन



रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले रोल्पाको लिवाङमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे । उनले कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता नभएको बताए । यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायत विषयमा सरोकारवालासँग परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक छः अध्यक्ष थापा

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत

पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ : प्रवक्ता महत

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

प्रधानमन्त्रीलाई प्रश्नः काटिएका उद्योगमा लाइन जोडिएन नि ?

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन