दोलखामा राप्रपाको प्रदर्शन, पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग



दोलखा । निषेधाज्ञाको वावजुद पक्राउ परेका राप्रपाका केन्द्रीय सदस्य प्रविणकुमार थोकरको रिहाइको लागि राप्रपाले दोलखामा प्रदर्शन गरेको छ । राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति र प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा दोलखाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मेलुङ गाउँपालिकको भेडपुमा खानेपानी सम्वन्धि विवादमा गाविस अध्यक्ष नरवहदुर श्रेष्ठले अपशब्द प्रयोग गरि शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै सत्ताको वलमा पुलिस प्रशासन लगाई राप्रपा युवा नेता थोकर लगायत पाँच जनालाई जिल्ला प्रहरी कार्यालय दोलखामा थुनेर राखेका छन् ।

कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध आफ्नो अधिकार रक्षाको लागि राप्रपा दोलखाले निरन्तर आवाज उठाउँदै आएको छ । पक्राउ परेका राप्रपा नेता कार्यकर्ताको रिहाईको लागि राप्रपा अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र दोलखावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विजय खडकाले जोडदार आवाज उठाएका छन् ।

विरोध कार्यक्रममा भिमेश्वर नगर अध्यक्ष विष्णु श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । पक्राउ परेका राप्रपा नेता कार्यकर्ता रिहाइ नगरे अझ सशक्त विरोध कार्यक्रम गरिने राप्रपा केन्द्रीय सदस्य विजय खडकाले वताए । हिजो नेपाली काग्रेसको भातृ संगठन दोलखा तरूण दलले पनि कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध विरोध प्रदर्शन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माधव नेपाल भेनेजुयला प्रस्थान

  काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला

ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको देउवाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले एकसय दिनमा राम्रो काम

नेपालका सबै भाषा, संस्कृति बचाउनुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका

प्रधानमन्त्रीद्वारा नेपाल संवतको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण