मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी हुन् । ट्वीटमा भनिएको छ, “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ। ”