सिन्धुपाल्चोकको विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएका थिए ।

भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताए ।

साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको छ । यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान