प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरु



काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी( बेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

समितिको शुक्रबारको बैठकले उक्त पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल