राप्रपाद्वारा लिदीका पहिरो पीडितलाई राहत वितरण



सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ ।

जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार बाह्र हजार रूपैयाँ उपलब्ध गराइएको छ । सो अवसरमा पुर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले राहत उपलब्ध गराइयो ।

समारोहमा कूल पाँच लाख छ हजार रूपैयाँ हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा जारी सन्देशमा, राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले वाढी पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिरमर्कामा सदा साथ रहने बताए ।

राप्रपाका अध्यक्ष, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोगमा लिदीका पहिरो पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको हो ।

राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान