सभामुखद्वारा पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता



सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका वालवालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भइ वडा नं. १ सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटघाट गर्न बुधाबर पुगेका सभामुख सापकोटाले विस्थापित १७२ घर परिवारको लागि स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारको लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गरे । पहिरो पीडित परिवारको लागि आवश्यक टेण्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । पहिरोमा हराई रहेका ३९ मध्ये हालसम्म ३३ वटा शव फेला परेको छ । अन्य ६ जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रियसभा

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग

कांग्रेसलाई विपक्षी दलको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गरिएको रिटलाई