पुजारी हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग



काठमाडौं । जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन त्यो राष्ट्र पतन हुने अवस्था चित्रण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले हनुमान मन्दिरका पुजारी हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय माग गरेको छ ।

घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बद्नियत छ भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले हत्यालाई हिन्दु धर्ममाथिको योजनावद्ध प्रहार भएको ठहर गरेको छ । अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गंभीर भएर कानुनबमोजिम सजाय गर्न सरकारसँग संगठनले माग गरेको छ ।

माधवनारयण नगरपालिका २, रौतहट, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलिको खाना खाइरहेको अवस्थामा भाद्र ३ बेलुकी गोली प्रहार गरी हत्या गरिएको थियो ।

‘उक्त गंभीर अपराधिक घटनाको घोर निंदा एवम् भत्सर्ना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु । साथै नेपाल सरकारलाई यो कुरामा गंभीर हुन आग्रह गर्दछु,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले शुक्रबार जारी विज्ञप्तिमा भने ।

‘जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन भएर जाने निश्चित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संगठनले अपराधिलाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न र मृतकलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग गरेको छ । मृतक पुजारीको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपालाई कसैले चाहँदैमा कमजोर बनाउन सक्दैनः नेता नेपाल

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा

नेपाल आउने विदेशी नागरिकका लागि भिसा प्रक्रिया केही खुकुलो बनाइने

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको

पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाले असर पारेको पर्यटन

लैङ्गिक हिंसा तथा विभेदलाई राज्यले सहन्नः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई