नेपाललाई पूर्णरुपमा विद्युतमा आत्मनिर्भर बनाउन कुलमानलाई निरन्तरता दिनुपर्छः डा. लोहनी



डा. प्रकाशचन्द्र लोहनी ।

कुलमान घिसिङको कार्य क्षमता अब नेपालमा सबैलाई थाहा छ । उनले यो इज्जत आफ्नो कामबाट कमाएका हुन् । अब उनको चार बर्षे कार्यकाल सकिँदैछ । बिचौलिया र दलाल पूँजीवादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन । तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ । मूलतः आउँदो चार वर्षमा उनलाई मोटामोटी निम्न काम को जिम्मा दिनुपर्छः

१. भारतबाट हाल पनि नेपालको कुल खपतको ३० प्रतिशत हाराहारीमा विद्युत आयात हुन्छ अब अर्को चार बर्षमा नेपाल पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनुपर्छ ।

२. कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अबको चार बर्षभित्र थप पूँजी जनताको लागि सेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कमसेकम ५० प्रतिशत पुर्याउने ।

३. नयाँ सेयर किन्ने लगानीकर्तालाई कमसेकम १२ देखि १५ प्रतिशत लगानीमा प्रतिफल सुनिश्चितता गर्ने ।

४. जलविद्युत बाहेक अन्य उर्जा श्रोतबाट १० देखि १५ प्रतिशत विद्युत उत्पादन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै