मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्णरुपमा असफलः अध्यक्ष थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण गाईजात्रा देखाएको आरोप लगाएका छन् ।

पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र “परिश्रम“ त्रैमासिक बुलेटिनको शुक्रबार एक सामारोहका बीच बिमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्णरुपमा असफल भएको, जिम्मेवारीबाट च्युत हुँदै गएको बताए ।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बिचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए । सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिवर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभावहीन देखिएको बताए । देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसँग कुनै नीति,योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको तर अवस्था भयाबह भन्दै थापाले सरकारको चर्को आलोचना गरे ।

यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आवश्यकता छ , त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाड्न ,सफल हुन नदिन चलखेल भैइराखेका छन् ,त्यससलाई चिरेर राप्रपा अघि बढ्ने बताए।राप्रपा बिदेशी शक्तिको चाकरी र इशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रवादी शक्ति भएको समेत स्पष्ट पारे ।

कोरोनामा महामारीमा पिल्सिएका जनता,उद्योगी, व्यवसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो । मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए । पत्रिकाको सम्पादन कृष्ण खनालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेययकका विषयमा प्रचण्ड र देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि सुरु गरेका

सुरक्षा प्रणालीको सुधार र अध्यागमन प्रणालीको आधुनिकीकरणमा चीनको सहयोगको अपेक्षा

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले