‘सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नोस्’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपालाई जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अभिव्यक्ति दिँदै थापाले व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।
जनादेशअनुसार मिलेर जान नसक्ने भए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न आग्रह गरेका छन् ।

थापाले लेखेका छन्, ‘सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ । अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन । सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आंट गर्नोस् । होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस्।’