राप्रपा समर्थित श्रमिकहरुद्वारा माइतीघरमा विरोध प्रदर्शन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले विभिन्न १० बुँदे माग राखेर राजधानीमा विरोध प्रदर्शन गरेको छ । क्वारेन्टीनलाई व्यवस्थित गर, पीसीआर परीक्षणको दायरा बढाउ, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउ, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर, किसानलाई रासायनिक मल, विउ उपलब्ध गराउ, सबै श्रमिकहरुको रोजगारीे सुनिश्चित गर, लकडाउन अवधिको पारिश्रमिक कटौती नगर, श्रमिकहरुलाई कार्यस्थलमा सुरक्षाको प्रवन्ध गर, स्वरोजगार श्रमिकहरुको जिविकोपार्जनको प्रत्याभूति गर, प्रवासी श्रमिकहरुको व्यवस्थापन गर लगायतका माग राखि बबरमहलबाट सुरु भएको र्याली माइतीघर पुगेर धर्नामा परिणत भएको थियो ।

एक घण्टे धर्ना कार्यक्रमलाई समापन गर्ने क्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मतजंग भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा राज्यले श्रमिक वर्गको समस्यालाई नजरअन्दाज गरेकोले लकडाउनको अवस्थामा मर्कामा परेका सम्पूर्ण क्षेत्रका श्रमिक वर्गलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।

श्रमिकहरुको रगत पसिनाले आर्जेको आर्थिक रेमिट्यन्समा निर्भर रहेको नेपालले नेपाली श्रमिकहरुलाई नै अप्ठ्यारो परेको अवस्थामा उचित व्यवस्थापन नगर्ने हो भने भोलि जटिल परिस्थिति उत्पन्न हुने चेतावनी दिदै अध्यक्ष भण्डारीले कोरोनाको नाममा भ्रष्टाचार नगर्न सरोकारवालाको ध्यानाकर्षण गराए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको विषय र मर्कामा परेका श्रमिकहरुको उचित व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षण गर्न टुकोन धर्नामा उत्रनुपरेको उनले बताए ।

कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत पेशागत श्रमिकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित