‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’ भन्दै काठमाडौंमा ओलीका पक्षमा प्रदर्शन



काठमाडौं । पार्टीभित्र नेताहरुको कार्य विभाजनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर सहित काठमाडौंको चावाहिल, गोंगबु लगायतका स्थानमा प्रदर्शन भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा सडकमा प्रदर्शन भइरहेका छन् ।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि भन्दै स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा राष्ट्रिय झण्डा बोकेर पनि मानिसहरू भेला भएका थिए ।
फोटोः महेश चौलागाईंको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग

भूमिसम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीत रहेको जसपा नेपालको ठहर, विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ

सरकारले संसदलाई ‘मिनीमाइज’ गरिरहेको छः प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको

‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको