नागरिकता संशोधन बिधेयक राष्ट्रको हितमा नरहेको यादवको आरोप



काठमाडौं । जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमारसिंह यादवले नागरिकता संशोधन बिधेयक राष्ट्रको हितमा नरहेको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले नेपाल भारतको रोटीबेटीसम्बन्ध त्रेतायुगदेखि रहेको भन्दै यस्तो सम्बन्धलाई बिगार्न नहुने बताएका हुन् ।

उनले सरकारले मिथिला संस्कृतिमाथि नै प्रहार गर्न खाजेको बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए । संविधानले नै परिकल्पना नगरेको बिषयलाई नागरिकता संशोधन बिधेयकमा उल्लेख गर्न खाजेको आरोप सिंहले लगाएका छन् । बैठकमा नेकपाका सांसद चक्रप्रसाद स्नेहीले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने बताए ।

सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका थिए ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, २०७५ र सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्वन्ध व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका