राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन



हेटौंडा । केन्द्रमा पार्टी एकता भए सङ्गै जिल्ला र स्थानिय तहरुको संरचना समायोजनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ अघि बढाएको छ । यस क्रममा मकवानपुर जिल्लामा राप्रपा र तत्कालीन राप्रपा (संयुक्त) बीच सोमबार समायोजन सम्पन्न भएको हो । जिल्ला तहको समायोजन पश्चात राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन भएका छन् ।

अधिकारी यस अघि पनि राप्रपा अध्यक्ष नै थिए । यसैगरी उपाध्यक्षमा तत्कालीन राप्रपा (संयुक्त) का अध्यक्ष ज्ञानेन्द्र ढुङ्गेल चयन भएका छन् । राप्रपाको साबिक जिल्ला कार्य समितीलाई कायम राख्दै राप्रपा (संयुक्त) का तत्कालीन जिल्ला समितिलाई समाबेश गर्ने सहमती भएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै अधिकारिले अहिलेको मार्गचित्रबाट देश डरलाग्दो भड्खालोमा जाने भन्दै अबको बिकल्प राप्रपा भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले त्यसको परिपुर्तिको निमित्त पार्टी एकता गरिएको बताए । हिजोको टुटफुटको घटना अब एकादेशको कथा हुने भन्दै बर्तौलाले अहिलेको एकता भावनात्मक र चिरस्थायी भएको दाबी गरे । ‘एकताको जग बलियो छ, अब हल्लिदैन।हिजोको त्रुटि, कमजोरीबाट पाठ सिकेका छौ , सच्चिदै अघि बढ्छौ,राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउछौ’ घोषणा कार्यक्रममा बोल्दै बर्तौलाले भने ।

कार्यक्रममा नेताहरु रामहरि न्यौपाने , ज्ञानेन्द्र ढुङ्गेल, बद्री अधिकारी र सागर थापाले पार्टी एकताले कार्यकर्ता तहमा मात्र नभई जनतामा पनि सकारात्मक सन्देश गएको भन्दै अब संगठन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरे । अब राप्रपा मकवानपुर जिल्ला समिति ८३ सदस्यीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा