पाठ्यक्रममा स्काउट शिक्षा राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउनुपर्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका छन् । नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीले आह्वान समेत गरेका छन् ।

उनले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताए । नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षा उनले गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार