‘प्रचण्डजी राजसंस्थालाई गाली किन ?’



डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा ।
भूपू प्रधानमन्त्री प्रचण्डजीले राजसंस्थालाई फेरि गाली गर्नु भएछ । सबैले बुझेका छन् यो अझ पनि आफू क्रान्तिकारी हुँ भनेर देखाउने र आफ्ना कमजोरी र सिद्धान्त बिनाको राजनीति लुकाउने उहाँको बाध्यता हो । तर एक पटक यथार्थ हेरौंः
(१) नेपालको एकीकरण र एकताको जग बसाल्ने संस्था राजसंस्था हो । यो राजसंस्थाको प्रयास सफल नभएको भए माननीय प्रचण्डजीले नेपाली पहिचान पाउनु हुने थिएन ।
(२) नेपालको क्याबिनेट मा २००७ साल पछि बिदेशी राजदूत बस्ने परम्परा हटाएर चीनसँग बाटो खोल्ने साहस राजसंस्थाले गरेको हो ।
(३) नेपाल मा २००७ सालपछि प्रजातन्त्रको आडमा नेपालको उत्तरी सिमानामा खडा गरिएका सबै बिदेशी चेकपोस्ट हटाउने साहस राजसंस्थाले गरेको हो ।
(४) पररास्ट्र नीतिमा लम्पसारबादको नीतिलाई निरन्तर अस्वीकार गरेर तथा नेपाली जनतालाई विश्वास गरेर संवैधानिक भएर बस्ने अठोट राजसंस्थाले गरेको हो ।
(५) जनताको भावना बुझेर खुसीसाथ पत्रकार सम्मेलन गरेर राजा ज्ञानेन्द्र नागार्जुन जंगल गए । विश्वको इतिहासमा राजाले यसरी राष्ट्रलाई कुनै क्षति नपुर्याई शान्तिपूर्वक सत्ताहस्तान्तरण गरेको उदाहरण कहाँ छ ? र आज पनि पूर्वराजा नेपालको राष्ट्रियता र हकहितबारे अवाज उठाईरहेका छन् ।

(६) यी माथि का सबै यथार्थता माननीय प्रचण्डजी ले बिर्सनु भएछ । विदेशी भूमिमा विदेशी शासकहरुलाई बिन्तीपत्र राखेर उनीहरुको संरक्षण र हरेक किसिमको समर्थनमा टेकेर हजारौं मानिस लाई “ मुक्ति“ को सपना बेचेर राजनीति गर्नु भएका माननीय प्रचण्डजीले आज राजसंस्थालाई गाली गर्नु भनेको आफू सिद्धान्त भ्रस्ट भएको बास्तबिकतालाई लुकाउने प्रयास मात्र हो । मेरो भूपु प्रधानमन्त्री प्रचण्डलाई नम्र सल्लाह छः एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुस् र आनी मात्र अरुलाई गाली गर्नुस। तपाई पहिले के भन्नु हुन्थ्यो र आज के हुनु भएको छ ? विचार गर्नुस् र अनि मात्र अरुलाई आलोचना गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका