राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको अभिव्यक्ति भ्रामकः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो भन्ने प्रचण्डको अभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा प्रचण्डको अभिव्यक्तिप्रति थापाले ट्वीट गर्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत असन्तुलित मानसिकता हो । १७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराध वोध हो । नेपालको एकीकरण र अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो । सिंगोराष्ट्र एकढिक्का भएर,सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ । ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो । आश्चर्य लाग्छ । प्रचण्डको भनाईप्रति खेद व्यक्त गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

  काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख