पूर्वमन्त्री लावतीलाई यसरी सम्झिए पाँचथरबासीले



पाँचथर । पाँचौ स्मृति दिवसको अवसरमा पूर्वमन्त्री पद्मसुन्दर लावतीप्रति सम्मान अर्पण गर्दै पाँचथरबासीले उनको योगदान चिरस्थायी र अनुकरणीय रहेको चर्चा गरेका छन् ।

जिल्ला सदरमुकाम फिदिम र स्वर्गीय लावतीको गाउँ यासोकमा स्थानीयहरूले मंगलबार छुट्टाछुट्टै स्मृति सभा आयोजना गरेर उनको कालजयी योगदानको चर्चा गरे । लावतीको फिदिम र यासोकस्थित शालिकमा माल्यार्पण गर्दै दिवंगत आत्माको सम्मानमा एक मिनेट मौन धारण गरे ।

फिदिम अहालगैरीस्थित लावतीको शालिकमा माल्यार्पण गर्दै समाजसेवी लोकेन्द्र आलेले भने, ‘बन्दाबन्दीको कारण यसपाली बृहत कार्यक्रम आयोजना गर्न संभव भएन । तर, पाँचथरको अभिभावकको रूपमा युगपुरूष पद्मसुन्दर लावती सदासर्वदा हामीबीच अमर हुनुहुन्छ । विकासप्रेमी नेताको रूपमा लावतीका कृतिहरू पाँचथरबासी सबैको लागि अनुकरणीय छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लावतीले विशेष गरेर पूर्वी नेपाल र पाँचथरको विकासमा महत्वपूर्ण आधारहरू स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । निर्वाचित प्रतिनिधिको रूपमा लावतीले पाँचथरको २५ वर्ष प्रतिनिधित्व गरे । यसै क्रममा गृह मन्त्रीसहित १२ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले ।

कुम्मायक गाउँपालिका, यासोकमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक मदन कुमार बोहराले नेता लावती आधुनिक पाँचथरको सर्जक रहेको बताए । ‘जिल्ला सदरमुकाम फिदिम, यासोक बजारको स्थापनामा पूर्वमन्त्री लावतीको महत्वपूर्ण देन छ । मेची राजमार्ग, साना जलविधुत, जिल्ला अस्पताल, फिदिम क्याम्पस, विद्यालय तथा स्वास्थ्य चौकी, दूरसंचार, बैंकलगायत विकासका महत्वपूर्ण पूर्वाधारहरू उहाँकै पालामा स्थापना भएका हुन्,’ बोहराले भने ।

‘पद्मसुन्दर लावती जनताको दुखसुखको साथी थिए, विकासका पर्याय थिए । उहाँको पदचिन्हमा अहिलेका नेताहरूले आधा मात्र काम गर्न सके, पाँचथरको विकास कहाँबाट कहाँ पुग्ने थियो,’ सयपत्री क्लबका अध्यक्ष शिव लावतीले भने ।

स्वर्गीय लावतीका छोरा सगुन सुन्दर लावतीले, पाँचौ स्मृति दिवसको अवसरमा नेता लावतीप्रति स्नेह र सम्मान व्यक्त गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

फिदिम र यासोकमा सम्पन्न स्मृति सभामा विभिन्न राजनीतिक दल, संघसंस्था र प्रशासनका प्रतिनिधि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)