संविधान संशोधन छिटो गर्न माग गर्दै राप्रपाद्वारा नेपालगंजमा प्रदर्शन



नेपालगञ्ज । नक्सा संशोधन सम्बन्धि प्रस्ताव संसदबाट अबिलम्ब पारित गर्नुपर्ने माग गर्दै राप्रपाले मंगलबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको नेतृत्वमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

नक्सा संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङमार्फत ज्ञापनपत्र बुझाइएको राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिए । ज्ञापनपत्र बुझाए पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता तथा नेपालगंज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले संसदमा प्रस्तुत नक्सा संसोधन प्रस्ताव तत्काल पारित गरिनुपर्नेमा जोड दिए ।

कोरोना भाईरसको नाममा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै उनले तिब्र आलोचना गरे । जनताले दुख पाएकोमा सरकारलाई कुनै चासो चिन्ता नभएको भन्दै जनताको पीर मर्कालाई बुझ्न नसक्ने सरकार जनपक्षीय हुन नसक्ने बिचार ब्यक्त गरे।

नक्सा संशोधनसँगै कोभिड १९ को प्रभावकारी ब्यवस्थापन, परीक्षणको दायरा बढाउन, जातिय छुवाछूत र भेदभावको अन्त्य ,आर्थिक अनियमितताको छानविन तथा ब्यवसायीका समस्या समाधान तथा आम नागरिकलाई राहतका कार्यक्रम ल्याउन माग गरिएको युवा नेता ऋषिराज देबकोटाले बताए । कार्यक्रममा नेताहरु ओमप्रकाश आजाद,रमेश आर्याल,सालाउद्दिन जसगढ,तेजनारायण कँडेल लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा

सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ

सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न राप्रपा अध्यक्ष लोहनीको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता कोरोना महामारीको समयमा रहेका बेला

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराइने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र