उद्दार गरिएका नागरिकलाई प्रदेश पठाउनेबारेमा उच्चस्तरीय समितिमा छलफल



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ । बिदेशबाट ल्याउने नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिएका हुन् ।

समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले शुक्रबारदेखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाडौँमा होल्डिङ स्टेसनमा राख्ने देखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको जानकारी दिए ।

पूर्व निर्धारीत कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उनले बताए । त्यस्तै हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाडौंको होल्डिङ सेन्टरसम्म पुर्याउने र केही घण्टाको आराम पछि प्रदेशमा पठाइने उनले जानकारी दिए । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्ने कार्य शुक्रबारदेखि सुरु भइसकेको छ । जसमा पहिलो चरणमा म्यान्मारबाट २६ जना नेपाली नागरिक स्वदेश फर्किसकेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका