राष्ट्रिय जनमोर्चाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता गरेको छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत संसद सचिवालय पुगी संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको संविधान २०७२ मा उल्लेखित संघीयतासम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गरेको अध्यक्ष केसीले जानकारी दिए । नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको अध्यक्ष केसीको भनाई छ ।

केसीले संघीयताका कारण जनतालाई चर्काे बोझ परेको भन्दै यसलाई खारेज गर्नुको बिकल्प नरहेको उल्लेख गरे । उनले आफूहरु नेपालको संविधानमा रहेका निशान चिन्ह संशोधनको पक्षमा रहेको भन्दै आफूहरुको संशोधन प्रस्ताव सदनमा पेश हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा