कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्गः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताएका छन् ।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन् ।

‘७२ दिन यता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भने, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ । अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ । असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता