सरकार नेपाली भूमि फिर्ता लिने कार्यमा चट्टानी आँटका साथ प्रस्तुत हुनुपर्छ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा पुस्ताले समयको माग अनुरूप पार्टीलाई नयाँ उचाइमा पुुर्याउने प्रण गरेका छन् । देशले विकल्प खोजीरहेको बेला राप्रपा नै त्यो विकल्प हुने उद्घोष गरेका छन् ।

राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै युवा नेताहरूले यस्तो विचार प्रस्तुत गरेका हुन् ।

नेपालको अभिवाज्य भूमि समावेश गरेर सरकारले नक्सा बनाएकोमा, उक्त सकारात्मक कार्यलाई वक्ताहरूले स्वागत गरे । प्रधानमन्त्री केपी ओली र सरकारले नेपाली भूमि फिर्ता लिने कार्यमा चट्टानी आँटका साथ प्रस्तुत हुनुपर्ने, कहीँ कतै खुट्टा कमाउन नहुने विचार राखे ।

सारा देशबासीले निसर्त समर्थन गरेको बेला, सरकारले निर्णय परिवर्तन गरे देश र जनताप्रति धोका दिएको साबित हुने बताए । विदेशीको प्रभावमा परेर राष्ट्रिय स्वार्थमा संझौता गरे, जनतासामु उदांगो हुने बताए ।

पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर आरम्भ भएको कार्यक्रममा लालकुमार लामा, विजयकला राई, प्रेम बलायर, पदम तामाङ, राजु लोहनी, धनसुर शाही, कुमारी तामाङ लगायतका युवा नेताहरूले मन्तव्य राखेका थिए ।

मजदुर, महिला, युवक, विद्यार्थी तथा किसान संगठनलगायत राप्रपासम्वद्ध जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले राप्रपाका संस्थापक नेता तथा शहिदहरूप्रति सम्मान र श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रम राप्रपा केन्द्रीय कार्यालय, चावहिलमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त